​ १५ लाख बढीको कारोबार गर्दै सकियो पुष्प मेला

मंगलवार, फागुन २६, २०७१ साल,
काठमाडौं । पाचौं पश्चिमाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एवम् पुष्प ब्यापार मेलामा १५ लाखभन्दा बढीको कारोबार गर्दै सकिएको छ।

‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प ब्यवशाय प्रवर्धनमा वातावरणीय पहिचान’ भन्ने मुख्य नाराका साथ  फागुन २२ गतेबाट सुरू भएको मेला २६ गते समापन भएको हो। फ्लोरिकल्चर एसोसिएशन नेपाल कास्की शाखाको आयोजनामा सम्पन्न उक्त मेलामा २ वटा जानकारीमुलक स्टल सहित २८ वटा स्टल थिए।

सभागृह हल पोखरामा सम्पन्न सो मेलालाई नेपाल सरकार कृषि विकास मन्त्रालय प्रायोजन गरेको थियो। मेलामा अर्नमेन्टल प्लान्ट, कार्डिनल, सिजनल लगायतका विभिन्न फूलहरु राखिएको थियो। भाग लिएका नर्सरीहरू मध्ये उत्कृष्ट मौसमी फूल तर्फ पुष्पाञ्जली नर्सरी, उत्कृष्ट आलंकारिक बिरुवा तर्फ गोर्खा तमु नर्सरी, उत्कृष्ट फुल्ने बिरुवा तर्फ श्रीराम नर्सरी, उत्कृष्ट ल्याण्डस्केपमा गार्डेन नर्सरी  र उत्कृष्ट स्टलमा पुष्पाञ्जली नर्सरीले पुरस्कार हात पारेका थिए। उत्कृष्ट बनेका नर्सरीहरुलाई कास्कीका सभासद रविन्द्र अधिकारीले नगद, सिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411