​मङ्गलबार नेप्से परिसूचक ४ दशलमव ३४ अङ्क घट्यो, २३ करोड ९६ लाखको कारोबार

मंगलवार, फागुन २६, २०७१ साल,
काठमाडौं । नेप्से परिसूचक ४ दशलमव ३४ अङ्क घटेको छ । बजार खुल्दा उकालो लागेको नेप्से परिसूचक ३ घण्टाको व्यापारमा केही उतार चढाव सँगै घटेर ९ सय ८४ दशमलव ४३ अङ्कमा झरेको हो । सो अवधिसम्ममा ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक पनि ओरालो लागेको हो ।

सो अवधिमा ‘अन्य’ समूहको परिसूचक सवार्धिक शून्य दशमलव ४७ प्रतिशतले बढेको छ । त्यस्तै, होटेलको परिसूचक शून्य दशमलव ९८, बैङ्किङको शून्य दशलमव ८४ र वीमाको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५३, वित्त कम्पनीको शून्य दशमलव २३ र विकास बैङ्क समूहको परिसूचक शून्य दशलमव १ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने स्थिर रहेको छ । 

मङ्गलबार १ हजार ७ सय ४० व्यापारबाट १ सय ४४ कम्पनीको ७ लाख १४ हजार ३ सय ९७ कित्ता शेयर किनबेच भयो । जसबाट रू. २३ करोड ९६ लाख रकम परिचालन भयोे । सो दिन नेशनल लाइफ इन्स्योरेन्सको सस्ंथापक शेयरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो । त्यस्तै, एपेक्स डेभलपमेण्ट बैङ्कको शेयरमूल्य ४ दशमलब ६९ प्रतिशतले घट्यो । प्रभु बैङ्कको रू.२ करोड ७१ लाख बराबरको शेयर खरीदविक्री भयो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411