सरकारी स्वामित्वमा रहेको गैँडाछाप सिमेन्टको मूल्यवृद्धि

मंगलवार, फागुन २६, २०७१ साल,
उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेबाट उत्पादन हुँदै आएको गैँडाछाप सिमेन्टको मूल्यमा फेरी वृद्धि भएको छ ।

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको विगतको मूल्य भन्दा प्रतिबोरा रू।२९ को दरले वृद्धि गर्ने निर्णय भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष बिमल कार्कीले बताए । आइतबार उद्योग बोर्डको बैठक बसेर सिमेन्टको मूल्य वृद्धि गर्ने निर्णय गरेको अध्यक्ष कार्कीको भनाई छ । यस अघि गैँडा छाप सिमेन्टको मूल्य प्रतिबोरा बिक्री कर बाहेक ररू। छ सय ८५ रहेको थियो ।

डिलरहरुले भने गैँडा छाप सिमेन्टको मूल्य सातसय ५० देखि सात सय ७५ रुपैया प्रतिबोरा बिक्री गर्दै आएका थिए । मूल्य वृद्धिसँगै डिलरले बिक्री मूल्य प्रतिबोरा आठसय ५० हुनसक्ने गैँडाछाप सिमेन्टका बिक्रेता राजु श्रेष्ठले बताएका छन् । 

यता सिमेन्टको मूल्य वृद्धि भएकोमा गैँडाछाप सिमेन्टका बिक्रेता तथा डिलर र उपभोक्ताले उद्योग बोर्डको निर्णयको विरोध गरेका छन् । पन्ध्र दिन भन्दा बढी समयसम्म सिमेन्ट बिक्री बन्द गरेर उद्योगको बोर्डले एकैचोटी मूल्य वृद्धि गरेकाले आम उपभोक्ता मारमा परेको कुरा यस क्षेत्रका उपभोक्ताको भनाइ छ । गत असारदेखि मङ्सिरसम्म गैँडाछाप सिमेन्ट बिक्री हुन नसक्दा उद्योगमा झन्डै सात लाख बोरा भन्दा बढी सिमेन्ट भण्डारन हुँदै आएको थियो ।

तर उद्योगले गैँडाछाप सिमेन्ट बिक्रीमा नयाँ रणनीति कार्यन्वयन गरेपछि माघ महीनाभित्र मात्र रू. २७ करोड भन्दा बढीको सिमेन्ट बिक्री भएको उद्योग प्रशासनले जनाएको छ ।गैँडाछाप सिमेन्टको मूल्य वृद्धि गर्न पर्ने विषयमा उद्योगका अध्यक्ष कार्कीले भने, “अन्य साधारण गुणस्तर भएको सिमेन्टको मूल्य नै प्रतिबोरा रू.८ सय भन्दा बढी भइसक्यो, गैँडाछाप सिमेन्ट जापानीज प्रविधिबाट उत्पादित गुणस्तरिय सिमेन्ट भएकाले यसको मूल्य बढाउन अनिबार्य भएको हो ।”

अहिले सिमेन्ट बिक्रीमा सुधार आएर उद्योगमा नयाँ प्रबन्धक परिवर्तन भएसँगै पुनः गैँडाछाप सिमेन्टको मूल्यमा वृद्धि भएको कुरा उद्योग प्रशासनले जनाएको छ । नेपाल सरकारले हालै उदयपुर सिमेन्ट उद्योगका नयाँ प्रबन्धकमा सुरेन्द्र पौडेललाई नियुक्ती गरेको थियो । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411