​ग्लोबल आइएमइ बैंकले १ अर्ब ३८ करोड रुपैयाँ कमायो, नाफा ४४ प्रतिशत वृद्धि

बिहीवार, श्रावन १३, २०७३ साल,
काठमाडौं । ग्लोबल आईएमई बैंकको गत आवको चौथो त्रैमशमा नाफा ४४ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानीमा २६ प्रतिशतले वृद्धि भएपछि पनि नाफा बढ्न सहयोग पुगेको हो । 

हाल बैंकमा शतप्रतिशतभन्दा बढि वृद्धि भएर सञ्चिती २ अर्ब ५४ करोड रुपैयाँ पुगेको थियो । बैंकले यसअघि पनि सञ्चितीबाट थपेर २३ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउँन यसवर्ष अन्त्यसम्ममा चुक्ता पूँजीमा ३० प्रतिशतले वृद्धि गर्नुपर्ने हुन्छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ८८ करोड पुगेको छ । बैंकको फि कमिशनबाट भएको आम्दानी, अन्य आम्दानी र विदेशी मुद्राको सटहीबाट भएको आम्दानी पनि वृद्धि भएको छ । यी तीन शिर्षकबाट भएको आम्दानी नै १ अर्ब बराबर छ ।

बैंकको कर्मचारी खर्च र अन्य खर्चमा केही वृद्धि भएको छ । बैंकको यसअघि राखिएको सम्भावित जोखिम वापतको व्यवस्थाबाट २५ करोड फिर्ता भएको छ । यद्यपी यस्तो फिर्ता रकम अघिल्लो पटकभन्दा ४६ प्रतिशत कम हो । 

बैंकले ७ प्रतिशतले रकम बढाएर सम्भावित जोखिमको लागि व्यवस्था गरिएको छ । यस्तो व्यवस्थामा ५८ करोड राखिएको छ । बैंकको कुल कर्जामा खराब कर्जाको दर २ दबमलव २३ प्रतिशतबाट घटेर १ दशमलव ८७ प्रतिशतमा सिमित भएको छ ।

बैंकले कर्जा लागनी बढाउँन सकेपछि कर्जा निषेप अनुपातमा पनि सुधार भएर ७६.८१ प्रतिशत पुगेको छ । बैंकको कर्जा लगानी २१ प्रतिशतले बढेर ६० अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप २४ प्रतिशतले बढेर ७४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले थप करीब २ अर्ब लगानी बढाउँन सक्ने देखिन्छ ।

बैंककौ पूँजी कोष पर्याप्तता अनुपात १२.३५ प्रतिशत, पूँजी कोष लागत घटेर ३.१४ प्रतिशत, शेयरमा प्रतिफल करीब १६ रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ, पीइ करीब २३ गुणा, नेटवर्थ प्रति शेयर १ सय ४१ रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411