नेसनल माइक्रोफाइनान्सको ३ लाख कित्ता आईपिओ सेयर १६ गतेदेखि खुल्ने

सोमबार, श्रावन १०, २०७३ साल,
काठमाडौं । नेसनल माइक्रोफाइनान्सको आईपिओ सेयर आगामी १६ गतेदेखि निस्कासन खुल्ला हुने भएको छ। कम्पनीले ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो।
 
साउन १९ गतेसम्म सेयर आवेदन दिन सक्ने बिक्री प्रबद्र्धक एनआईबिएल क्यापिटलले जनाएको छ। निस्कासन सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। 
 
१ सय रुपैयाँ अंकित दरको सेयरमा न्यूनतम ५० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले आवेदन दिन सक्ने छन्। काठमाडौं उपत्यकाबाट आवेदन दिने आवेदकको अनिवार्य रुपमा डिम्याट खाता भएको हुनुपर्नेछ। डिम्याट खाता नहुनेहरुको आवेदन रद्द हुने छ। 
 
कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?
एनआईबिएल क्यापिटल लाजिम्पाटका अलवा इन्भेष्टमेन्ट बैंकको दरवारमार्ग, न्यूरोड, पुतलिसडक, गंगबु, बौद्ध, त्रिपुरेश्वर, भोटाहिटी, नयाँ बानेश्वर, धुम्बाराही, लाजिम्पाट, महाराजगञ्ज, पुल्चोक, लगनखेल र सिपाडोलबाट आवेदन भर्न सकिने छ। 
 
उपत्यकाबाहिर इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, बुटवल, भैरहवा, बनेपा, पोखराको लेकसाइड र चिप्लेढुंगा, बारा जितपुर, इटहरी, बिर्तामोड मुक्तिचोक, नारायणगढ, पर्साबजार, पटिहानी, जनकपुरधाम, नेपालगञ्ज, धनगढीबजार, सुर्खेतबजार, खलंगा, हेटौंडा, तानसेन, तुल्सीपुर, खलंगा चौरीखर्क, कपिलबस्तुको कृष्णनगर, उदयपुर गाइघाट, सर्लाहीको लालबन्दी, दमौली, वालिङ र मन्थली शाखाबाट आवेदन दिन सक्ने छन्। 
 
त्यस्तै सिनर्जी फाइनान्सका कमलादी, गंगबु, पोखरा न्यूरोड, बुटवल मिलनचोकका कार्यालयहरुबाट पनि आवेदन दिन सकिने एनआईबिएलले जनाएको छ। 
 
नेसनल माइक्रोफाइनान्सका कार्यालयहरु, गोर्खाज फाइनान्सका कार्यालयहरु, साझा विकास बैंकका कार्यालयबाट समेत आवेदन दिन सक्ने प्रबद्र्धक कम्पनीले जनाएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411