​आई पे रिलायबल र माछापुच्छ्रे बैकबीच रेमिट्यान्स सम्झौता

शुक्रबार, श्रावन ७, २०७३ साल,
काठमाडौं । विदेशमा रहेका नेपालीहरुको रेमिट्यान्स भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुछ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ ।

विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफुलाई पायक पर्ने माछापुछ्रे बैकको शाखाबाट भुक्तानी लिन सक्नेछन् । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रिलायबल रेमिट्यान्स को नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु छन् र बैंक वित्तिय संस्थाको पहुँच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टरहरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411