नेप्से १३ अंकले घट्दा कारोबार २ अर्ब पुग्यो

बुद्धबार, श्रावन ५, २०७३ साल,
काठमाडौं । नेप्सेमा आज १३.६३ अंकको करेक्सन आएको छ । बजार उच्च बढेको समयमा लगानीकर्ताहरु मुनाफा सुरक्षितमा लागेपछि बजार घटेको छ । तर बजार घटेपनि गत सोमवारको तहभन्दा तल आएको छैन् ।

यसदिन उत्पादनमुलक समूहबाहेक सबै समूह घटेको छ । बीमा समूहमा सबैभन्दा धेरैले कमि आएको छ । केही दिन अघि चुक्तापूँजी वृद्धिको हल्लाले बढाइरहेको बीमा समूहका लगानीकर्ता मंगलवारबाटै यसको मूल्य घट्नेमा सचेत देखिएका थिए । यही कारण यो समूह लगातार दुई दिनदेखि घट्दो क्रममा रहेको छ । बजार घट्दा पनि कारोबार रकममा भने उच्च वृद्धि भएर २ अर्बको शेयर किनबेच भएको छ ।

सबैभन्दा बढि घट्ने बीमा कम्पनीमा लुम्विनी जनरल इन्स्योरेन्स रहेको छ । आज यस कम्पनीका लगानीकर्ताहरुले प्रतिशेयर ४३ रुपैयाँ गुमाएका छन् । त्यस्तै प्राइम लाईफ इन्स्योरेन्सका लगानीकर्ताले ६५ रुपैयाँ गुमाएका छन् भने हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले ३५ रुपैयाँ गुमाएका छन् ।

लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्ने , पुन लगानी बढाउँने गर्दै लगानी रणनीति बनाइरहेका देखिन्छन् । धेरै जसोको विश्वास आगामी बर्ष लाभांश घोषणा हुने अवधिसम्म बजार नघट्ने रहेको छ । बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी वृद्धि गर्ने अन्तिम अवधिमा प्रतिफल बढाउँन सक्ने, हकप्रद दिन सक्ने आशमा उनीहरु देखिएका छन् ।

आज सबैभन्दा बढि कमाउनेमा मिसन डेभलपमेण्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । आज उनीहरुले प्रतिशेयर ६८ रुपैयाँ कमाएका छन् भने कृषि विकास बैंका लगानीकर्ताले ८८ रुपैयाँ कमाएका छन् ।

आज सवैभन्दा धेरै महिला सहयात्रा माईक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले आज १ सय ६७ रुपैयाँ गुमाएका छन् । त्यस्तै नयाँ नेपाल लघुबित्तका लगानीकर्ताहरुले १ सय ९६ रुपैयाँ गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411