​रिलायबलले पाँच प्रतिशत बोनस सेयर दिने, राधेश्याम अग्रवाल अध्यक्षमा सर्वसम्मतले चयन

मंगलवार, फागुन २६, २०७१ साल,
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकलिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकको सोमबार सम्पन्न नवौ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष राधेश्याम अग्रवालले साधारणसभामा बोनस शेयर दिने प्रस्ताव राखेका थिए । अध्यक्ष अग्रवालको प्रस्तावलाई पारित गर्दै बैंकले बोनस शेयर दिने निर्णय गरेको हो ।

जसअनुसार रिलायबल बैंकले ०७०र७१ अषाढ मसान्त सम्मको खुद मुनाफाबाट ५ प्रतिशत बोनस शेयर दिन लागेको हो । साधारणसभामा बैंकले २०७१ सालको लेखापरीक्षकको प्रतिबेदनमा समेत छलफल गरेको थियो ।

साथै सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना पदाधिकारी राधेश्याम अग्रवाल, प्रविन मन श्रेष्ठ, हुतराज जोशी, सुनिल बल्लभ पन्त र दिलिप कुमार ढुंगाना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना बिजयराज जोशी र गोपाल जोशी निर्बिरोध निर्वाचित गरेको छ ।

सोमबारै बैंकको सञ्चालक समितिको बैठकले नव निर्वाचित सञ्चालक राधेश्याम अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411