धितोपत्र बजारलाई प्रभावकारी बनाउन बोर्डले चाल्यो यस्तो कदम

मंगलवार, श्रावन ४, २०७३ साल,

काठमाडौं । धितोपत्र बोर्डले सेयर बजारमा देखिएका समस्या साथै सरोकारवालाहरुका गुनासाहरुलाई समाधान गर्ने उद्देश्य आज एक छलफल कार्यक्रमको आयोजना गरेको छ । बजारको आयातन वृद्धि भएसँगै लगानीकर्तालाई सहज र सरल रुपमा कारोबार गर्न साथै कारोबार फछर्यौट तथा राफसाफ प्रभावकारी र चुस्त बनाउन बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका उच्च अधिकारीबीच छलफलको कार्यक्रम गरेको हो ।

लगानीकर्ताहरुलाई सुविधा दिने हेतुले नेप्सेले कारोबारको समय बढाएकोमा सकारात्मक प्रतिक्रिया दिंदै बोर्डले बजारलाई थप पारदर्शी बनाउन नेप्से र सिडिएससिलाई निर्देशन समेत दिएको छ ।

साउन ३ मा बोर्डको अध्यक्ष रेवत बहादुर कार्कीको अध्यक्षतामा भएको बोर्ड, नेप्से र सिडिएससीबीच भएको उक्त छलफलमा धितोपत्रलाई थप व्यवस्थित पारदर्शी, स्वच्छ र बिश्वसनीय बनाउने उदेश्यले देहायका कार्यहरु गर्नेरगराउने निर्णय भएको जनाएको छ ।

बोर्डले अगाडि सारेका कार्यक्रम हेरौं जस्ताको तस्तै

१.    सिडिएस एण्ड क्लियरिङ्ग लि। ले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा आगामी श्रावण मसान्त अर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई शीघ्र सम्पन्न गर्ने ।
२.    लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन ९इन्भेष्टर आइडि० प्रदान गर्न  बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइसकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने ।
३.    धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा त्ंद्द मा नै पे–इन गर्न लगाउने, त्ंघ मा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रिकर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने ।
४.    धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिलेनै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही श्रावण मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने ।
५.  काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने ।
६।     नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने ।
७.    हाल बजारमा दैनिक २ अर्बको कारोबार हुन लागीसकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिम समेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने ।
५    सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धी कार्य अविलम्ब अगाडि बढाउने ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411