बैंक र विमाले उचाल्यो नेप्से, लघुवित्त आज पनि घट्यो

सोमबार, श्रावन ३, २०७३ साल,
काठमाडौं । मौद्रिक नीति सार्वजनीक भए देखि नै घट्न थालेको विकास बैंकहरुको शेयर मूल्य आज नयाँ आर्थिक वर्षको दोस्रो कारोबार पनि थामिएन । आज बजार ४० दशमलव ८३ अंकले बढे पनि विकास बैंक समूह भने २.८३ अंकले घटेको छ ।

हिजो घटेको बीमा कम्पनीमा भने आज लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । बजार खुलेसँगै  हिजो अस्तिकै ट्रेण्डमा बीमा समूह घटेको भएपनि कारोवारको अन्तिम अन्तिममा आएपछि बीमामा लगानीकर्ताको ओइरो लागेको हो । बजारमा बीमा ऐनको नयाँ मस्यौदालाई अर्थमन्त्रालयले स्वीकृत गरेको हल्ला फैलिएसँगै बीमा कम्पनीहरुको शेयरमूल्यमा उछाल आएको हो ।

आज सबैभन्दा बढि बीमा समूह ६१८.४२ अंकले बढेको छ । आज सबैभन्दा धेरै बढेका १० कम्पनीहरु मध्य ८ बीमा कम्पनीहरु रहेका छन् भने लघुवित्त कम्पनीको शेयर मूल्य घटे पनि किसान माईक्रोफाइनान्सका  भने १६३ अंकले बढेको छ ।

आज बजारमा अधिकांश लगानीकर्ताहरु वाणिज्य बैंकमा ‘सिफ्ट’ भएका छन् । चौथो त्रैमाशको वित्तीय विवरण सार्वजनिक हुने क्रम नजिकिदै गर्दा यो क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । आज बैंकिङ्  समूह ४०।७९ अंकले बढेको छ ।

आज नेप्से १७८६.५७ विन्दुमा पुगेर रोकिएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटभ परिसूचक पनि ९ दशमलव ६७ अंकले बढेको छ ।

त्यस्तै आज म्यानुफ्याक्चारिङ सेक्टरको सूचक पनि ४४ दशमलव ४६ अंकले बढेको छ ।  फाइनान्स र अन्यको सूचक भने घटेका छन् । आजको कारोबारमा जलविद्युत र होटल  समूह पनि बढेका छन् ।

त्यस्तै कारोबारका आधारमा आज सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको १० करोड ८८ लाख बराबरको कारोवार भएको छ । त्यस्तै नेपाल बैंक लिमिटेडको ८ करोड ७७ लाख बराबरको कारोवार भएको छ ।

आज सर्वाधिक गुमाउनेमा नेरुड लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । आज गुमाउने १० कम्पनीमा ८ लघुवित्त कम्पनीहरु रहेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411