यस बर्षको पहिलो दिन नेप्से २७ अंकले बढेपनि लधुवित्तको मुल्य घट्दा सक्रिट ब्रेक

आईतवार, श्रावन २, २०७३ साल,
काठमाडौं । सर्किट ब्रेक नै लाग्ने गरेर लघुवित्त कम्पनीको शेयर मूल्य घटेपनि वाणिज्य बैंकको मूल्य बढ्दा बजार घट्न रोकिएको छ । एकै दिन लघुवित्त कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतसम्म घटेका छन् । लघुवित्तका लगानीकर्ताहरुमा ‘प्यानिक’ को अवस्था देखिएपछि मूल्य ओरालो लाग्ने क्रमलाई नेप्सेको सर्किट ब्रेक प्रणालीले मात्र रोक्न सफल भएको छ । यसरी सर्किट ब्रेक हुने १० मुख्य कम्पनीहरुमा सबै यसै क्षेत्रका छन् ।

लगानीकर्ताहरु मध्ये अधिकांश वाणिज्य बैंकमा ‘सिफ्ट’ भएका छन् । चौथो त्रैमाशको वित्तीय विवरण सार्वजनिक हुने क्रम नजिकिदै गर्दा यो क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । तुलनात्मक रुपमा कम वृद्धि भएको मानिएको यो क्षेत्रका कम्पनीहरुमा छनोट गरेरै लगानीकर्ताहरुले लगानी बढाएका छन् ।

लामो समयसम्म कारोबार रोकिएका माछापूच्छे« बैंक, जनता बैंक, सिद्धार्थ बैंक र सरकारी बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । वाणिज्य बैक समूह सूचक मात्रै ४९ दशमलव ९७  अंकको वृद्धि भएको छ ।

लामो समयदेखि चुक्ता पूँजी वृद्धिको खबरले बढेको बीमा कम्पनीहरुको शेयर मूल्य पनि ओरालो लाग्ने क्रममा रहेको छ । विशेषगरी अपेक्षा विपरित लघुवित्तको चुक्तापूँजी नबढेपछि यो क्षेत्रको पूँजी वृद्धिको खबरमा पनि लगानीकर्ताहरु आश्वस्त हुन नसकेका हुन् । बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्दापनि मर्जरलाई बढि जोड दिने समितिको आशय रहेको समाचारहरु आएकोले लगानीकर्ताहरु अहिले नै मुनाफा सुरक्षित गर्न लागेका हुन् ।

चालु आर्थिक बर्षको पहिलो दिन नेप्से परिसुचक २७.५९ अंकले बढेको नेप्से १७४५.७४ विन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटभ परिसूचक पनि ५ दशमलव ७८ अंकले बढेको छ ।

त्यस्तै आज म्यानुफ्याक्चारिङ सेक्टरको सूचक पनि ४० अंकले बढेको छ ।  फाइनान्स र अन्यको पनि सूचक बढेको छ ।आजको कारोबारमा जलविद्युत र  होटल  पनि गिरावट देखिएको छ । आजको कारोबारमा ३ वाणिज्य बैंक सहित ८ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ, जसमा माछापुच्र्छे बैंकको सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।  बोटलर्स नेपाल, किसान माइक्रोफाइनान्स, तिनाउ डेभलपेमन्ट, जलविद्युत लगानी तथा विकास, जनउत्थान लघुवित्त, सिद्धार्थ बैंक र कृषि विकास बैंकका लगानीकर्ताले १० प्रतिशतकै हाराहारीमा कमाएका छन् ।

कारोबारका आधारमा आज सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको १२ करोड ७२ लाखको कारोबार भएको छ । त्यस्तै फस्र्ट माइक्रोफाइनान्सको ६ करोड ११ लाखको सेयर किनबेच भएको छ । आज सर्वाधिक गुमाउनेमा मिथिला लघुवित्तका लगानीकर्ता रहेका छन् । बैंकले साउन १९ बाट २ बराबर १ कोे अनुपातमा हकप्रद शेयर दिन लागेको भएपनि लगानीकर्ताको आकर्षण देखिएन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411