आइतबारदेखि शेयर बजार दैनिक ४ घण्टा खुल्ने

शुक्रबार, आषाढ ३१, २०७३ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले कारोबारको समयअवधि थप गरेको छ । नेप्सेले आगामी आइतबार श्रावण २ गतेदेखि लागु हुनेगरी कारोबार समय दैनिक एक घण्टा बढाएर चार घण्टा पुर्याएको हो ।

यसअघि सार्वजनिक विदाका दिनहरुमा बाहेक नेप्सेमा आइतबार देखि विहिबार सम्म हप्तामा पाँच दिन दैनिक मध्यान्ह १२ देखि ३ बजेसम्म ३ घण्टा कारोबार हुँदै आएको थियो । अबदेखि नेपाल स्टक एक्सचेञ्ज आइतबार देखि विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म शेयर कारोबारका लागि खुला हुने नेप्सेले जनाएको छ ।

नेप्सेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे कारोबार विनियावलि २०५५ को विनियम १८(१) बमोजिम कारोबार समय बढाएको उल्लेख गरेको छ । सिडिएस एण्ड क्लियरिङ पूर्ण रुपमा संचालन आएसँगै लगानीकर्ताको माग बमोजिम कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ ।

थपिएको कारोबार समयबाट लगानी सम्बन्धी कार्य गर्न सहज हुने तथा सदस्य दलाललाई पनि आदेश प्रविष्टिका लागि पर्याप्त समय उपलब्ध हुने नेप्सेको विश्वास छ । यसले कारोबार परिमाण तथा कारोबार संख्या बढ्न गई बजारको तरलता वृद्धि हुने तथा बजार थप परिपक्व हुने नेप्सेको अपेक्षा रहेको छ ।

अघिदेखि नेप्से सार्वजनिक विदाका दिन बाहेक हप्तामा पाँच दिनमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म  कारोबार हुँदै आएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411