जसले पहिलो बनेर इतिहास रचे ! नेपालका ४४ महिलाको सूची

मंगलवार, आषाढ २८, २०७३ साल,
काठमाडौं । मुलुकको न्यायिक इतिहासमा पहिलो पटक मुलुकले प्रधानन्यायाधीश महिला पायो। प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार औपचारिक रुपमा आफ्नो जिम्मेवारी सुरु गरिन्। यसअघि पनि नेपाली इतिहासमा पहिलो महिला बनेर कैयौंले आफ्नो नाम लेखाइसकेका छन्।

वर्ष २०७२ मै नेपालले सर्वोच्च पदमा महिलालाई पायो। संविधान जारी भएपछि २९ असोज २०७२ मा माओवादीबाट ओनसरी घर्तीमगर सभामुख बनिन्। ११ कात्तिक २०७२  मा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनिन्। उनलाई विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले बर्ष २०१६ का शक्तिशाली महिलाहरु मध्ये ५२ औं स्थानमा सूचिकृत गर्‍यो।

यस्ता अरु महिला छन् जो नेपाली इतिहासमा चम्किलो तारा बनेर उदाए। यी हुन् नेपालका ४४ महिला जसले पहिलो बनेर इतिहास रचे। नेपालमा पहिलो महिलाको सूची बनाएका छन् थाहाखबरका सीपी खनाललेः  

१ राष्ट्रपति–विद्यादेवी भण्डारी 
२ सभामुख–ओनसरी घर्तीमगर 
३ प्रधानन्यायाधीश–सुशीला कार्की 
४ राज्यको उत्तराधिकारी– नायक देवी 
५ मन्त्री–द्वारिकादेवी ठकुरानी ९उपमन्त्री० 
६ पीएचडी–प्रभा बस्नेत 
७ त्रिविविबाट पीएचडी–बिनु लोहनी 
८ नेपाली भाषामा पीएचडी–शुभद्रा सुब्बा ९दाहाल० 
९ नेपाली साहित्यमा पीएचडी गर्ने – वानिरा गिरी 
१० राजदूत– विन्देश्वरी शाह 
११ स्नातकोत्तर गर्ने–जयकला देवी 
१२ पुरातत्व विषयमा स्नातकोत्तर गर्ने –सानुनानी कंसाकार 
१३ इन्जिनियर–कान्ति मल्ल 
१४ प्रमुख जिल्ला अधिकारी–उषा नेपाल 
१५ नर्सिङ विषयमा डाक्टर अफ एजुकेशन डिग्री प्राप्त गर्ने– उमादेवी दास
१६ भारतमा नेपाली गीत रेकर्ड गर्ने– मेलवादेवी 
१७ एसएलसी पास गर्ने–प्रभा राज्यलक्ष्मी देवी राणा 
१८ प्रिन्सिपल–अंगुरबाबा जोशी 
१९ पार्टी अध्यक्ष–पम्फा भुसाल 
२० क्याबिनेटस्तरीय मन्त्री –सुशीला थापा 
२१ पहिलो उपप्रधानमन्त्री–शैलजा आचार्य 
२२ नेपाल सुन्दरी–रुवी राणा 
२३ एसएसपी– डा भारती याक्थुम्बा 
२४ अमेरिकी साहित्यमा त्रिविविबाट पीएचडी गर्ने– गीता खड्का 
२५ मिडवाइफ–राधादेवी मालीरविद्या उदास 
२६ प्यारासुटबाट हाम फाल्ने–सुन्दरी श्रेष्ठ 
२७ इन्सपेक्टर–निलमदेवी 
२८ वीर अस्पतालमा सुपरिटेन्डेन्ट–डा। राजवाई राणा 
२९ मनोविज्ञानमा पीएचडी गर्ने–आरजु राणा 
३० हिन्दी साहित्यमा पीएचडी गर्ने–आशा सिन्हा 
३१ नायिका–भुवन चन्द 
३२ जिल्ला विकास समिति सभापति–ओम टेम्पु लामा 
३३ आयुर्वेदाचार्य–डा कादम्बरी आचार्य 
३४ महेन्द्र विद्याभुषण पाउने–सावित्री सिंह 
३५ सम्पादक–कुमारी कामाक्षी, कुमारी साधना प्रधान 
३६ डिएसपी–पार्वती थापा 
३७ रेडियो नेपालमा गायिका–रानुदेवी अधिकारी 
३८ भूमिसुधार अधिकृत–अम्बिका आचार्य 
३९ पत्रकारितामा विद्यावारित्रि–गीतामैया श्रेष्ठ 
४० नेपाल प्राध्यापक संघको सभापति–सुप्रभा घिमिरे 
४१ रंगमञ्च र चलचित्रमा एमए गर्ने–सुश्री चैत्यदेवी 
४२ एमएस्सी गर्ने– डा विजया उपाध्याय 
४३ न्यायाधीश–शारदा श्रेष्ठ 
४४ खुल्ला प्रतियोगितामा सह–सचिव–विन्द्रा हाडा
  • Advertisement Space

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489