सरकार परिवर्तनको तरंगमा पूँजि बजार, ४८ अंकले घटेको बजार पुन फर्कियो

मंगलवार, आषाढ २८, २०७३ साल,
काठमाडौं । मंगलबार नेप्से परिसूचक ९ दशमलव २० अंकले घटेर १ हजार ६ सय ९३ दशमलव ०७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । माओवादी केन्द्रले वर्तमान सरकार छाड्ने निर्णय गर्ना साथ पुँजी बजारमा झड्का लागेको थियो । जसका कारण दिउँसो पौने दुई बजे बजार ४८ अंकले घटी पुन फर्किएको थियो ।  त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने १ दशमलव ९९ अंकले घटेर ३ सय ६४ दशमलव ९८ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ८ वटा समुहमध्ये २ वटा समुहमा उत्पादक तथा प्रसोधन समुह ३० दशमलव ९ अंकले र अन्य समुह १९ दशमलव ९७ अंकले बढेको छ भने बाकी बिमा समुह ९७ दशमलव २१ अंकले, जलविद्युत समुह ३४ दशमलव ७७ अंकले, विकास बैंक समुह २७ दशमलव २५ अंकले, फाइनान्स समुह १४ दशमलव ३३ अंकले, होटल समुह ११ दशमलव ७३ अंकले र बैंकिंग समुह ६ दशमलव ०१ अंकले घटेको छ ।

कुल १ सय ३८ वटा कम्पनीहरुको ५ हजार २ सय १३ वटा कारोबार भएकोमा १६ लाख ३९ हजार २ सय ५७ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब १३ करोड ९१ लाख ७२ हजार १ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार २२ करोड ४९ लाख २३ हजार ८ सय ११ रुपैयाँ बराबरले बढेको छ ।

कारोबारको आधारमा अत्याधिक बढ्नेमा जनता बैंककोे ९ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंकको ७ करोड ५ लाख ४३ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २० लाख ६४ हजार रुपैयाँ, नेपाल ग्रामीण विकास बैंकको ३ करोड २ लाख ७३ हजार रुपैयाँ र नेपाल बंगलदेश बैंकको २ करोड ९८ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सगरमाथा इन्स्योरेन्सको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ । त्यस्तै बोटल नेपाल तराईको शेयर मुल्यमा ९ दशमलव ९९ प्रतिशत, माछापुच्छे बैंकको ९ दशमलव ९६ प्रतिशतले, जनता बैंकको ९ दशमलव ९५ प्रतिशतले र सिद्धार्थ बैंकको ९ दशमलव ९४ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा मिथिला लघुवित्त विकास बैंकको ७ प्रतिशतले, लक्ष्मी लघुवित्त विकास बैंकको ५ दशमलव ७५ प्रतिशतले र राष्टिय विमा कम्पनीको प्रमोटर शेयरको ५ दशमलव ६५ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411