सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली

मंगलवार, आषाढ २८, २०७३ साल,
काठमाडौं । प्रत्येक नेपालीले वर्षमा औसत ६४ लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ ।

त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ ।

मुलुकभर वर्षमा उत्पादन भएको दूधलाई जनसंख्याले भाग गरी आएको आकडाका आधारमा प्रतिव्यक्ति दुग्ध उपभोगको तथ्यांक तयार पारिएको छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन ले भने स्वस्थ्य व्यक्तिले ९२ लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड तोकेको छ । नेपाली खाद्य आहारका आधारमा सरकारले भने वर्षमा ५७ लिटर मात्र उपभोग गरे पुग्ने मापदण्ड तय गरेको हो । आजको कारोबार दैनिकमा खबर छापिएको छ  ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411