कसमस डेभलपमेन्ट बैंकको ५ लाख कित्ता हकप्रद सेयर निष्कासन, साउन ११ बाट आवेदन दिन सकिने

सोमबार, आषाढ २७, २०७३ साल,
काठमाडौं । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयरमा भदौ ३ गतेसम्म आवेदन गर्न सकिनेछ । बैंकले हाल कायम रहेको ५ करोड ३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुत्ता पूँजी दश करोड छ लाख पच्चीस हजार रुपैयाँ पुग्नेछ ।

बैंकले गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हरमटारीमा प्रधान कार्यालयका साथै आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यलयका साथै गोरखा छेवेटारमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411