​बीमा समुह २१७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो, समग्र नेप्सेमा २० अंकको गिरावट

सोमबार, आषाढ २७, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक २० दशमलव २६ अंकले घटेर १ हजार ७ सय २ दशमलव २७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ४ दशमलव ५९ अंकले घटेर ३ सय ६६ दशमलव ९७ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ८ वटा समुहमा उत्पादक तथा प्रसोधन समुह मात्र २८ दशमलव ६१ अंकले बढेको छ भने बिमा समुह २ सय १७ दशमलव ५२ अंकले, होटल समुह ४९ दशमलव ४१ अंकले, अन्य समुह ३८ दशमलव ७६ अंकले, जलविद्युत समुह ३२ दशमलव ४३ अंकले, बिकास बैंक समुह २५ दशमलव ७७ अंकले, बैंकिंग समुह ७ दशमलव ४२ अंकले र फाइनान्स समुह ६ दशमलव ३८ अंकले घटेको छ ।

कुल १ सय ४५ वटा कम्पनीहरुको ४ हजार ४ सय ४० वटा कारोबार भएकोमा १८ लाख १४ हजार ७ सय २० कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट ९१ करोड ४२ लाख ४८ हजार ३ सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा ५२ करोड २७ लाख ९८ हजार ६ सय ११ रुपैयाँ बराबरले कारोबार घटेको छ ।

कारोबारको आधारमा अत्याधिक बढ्नेमा लुम्बिनी जनरल इन्स्योरेन्सकोे ४ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै सुर्य लाइफ इन्स्योरेन्सको ३ करोड १५ लाख ९७ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको २ करोड ८७ लाख २० हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख २८ हजार रुपैयाँ र नेपाल ग्रामीण विकास बैंकको २ करोड ५४ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ग्लोबल आईएमी समुनत स्कीम १ को १० दशमलव ०३ प्रतिशतले र नेपाल कम्युनिटि डेभलपमेन्ट बैकको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ । त्यस्तै बोटल नेपाल ९तराई०को शेयर मुल्यमा ९ दशमलव ९५ प्रतिशत, सिद्धार्थ बैंकको ९ दशमलव ९२ प्रतिशतले, माछापुच्छे बैंकको ९ दशमलव ८७ प्रतिशतले र जनता बैंकको ९ दशमलव ८७ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा पोखरा फाइनान्स कम्पनीको प्रमोटर शेयरको ९ दशमलव ६२ प्रतिशतले, नागबेली लघुवित्त विकास बैंकको ७ दशमलव ५३ प्रतिशतले र सगरमाथा इन्स्योरेन्सको ६ दशमलव ०६ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411