​नेप्सेमा ७ अंकको वृद्धि, १ अर्ब ४३ करोड रुपैयाँको कारोबार

आईतवार, आषाढ २६, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक ६ दशमलव ८१ अंकले बढेर १ हजार ७ सय २२ दशमलव ५३ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने १ दशमलव ५५ अंकले बढेर ३ सय ७१ दशमलव ५६ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ८ वटा समुहमा ५ वटा समुहहरु बढेको छ भने २ वटा समुहहरु घटेको छ र १ वटा समुह स्थिर नै रहेको छ ।  सबैभन्दा बढी बढ्नेमा बिकास बैंक समुह १३ दशमलव ४१ अंकले, बैंकिंग समुह ११ दशमलव ०५ अंकले, फाइनान्स समुह ७ दशमलव १२ अंकले, होटल समुह ५ दशमलव ८१ अंकले र उत्पादक तथा प्रसोधन समुह ५ दशमलव ४६ अंकले बढेको छ भने बिमा समुह ४८ दशमलव १६ अंकले र जलविद्युत समुह ४८ दशमलव १६ अंकले घटेको छ र अन्य समुह स्थिर रहेको छ ।

कुल १ सय ४५ वटा कम्पनीहरुको ५ हजार ९ सय ३१ वटा कारोबार भएकोमा २२ लाख १७ हजार ९ सय ५६ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ४३ करोड ७० लाख ४६ हजार ९ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा एभरेष्ट बैंककोे ११ करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल इन्भरेष्मेन्ट बैंकको प्रमोटर शेयरको ४ करोड ४२ लाख ७३ हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकको ४ करोड २६ लाख रुपैयाँ, रुलर माइक्रोफाइनान्सको ४ करोड १८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कसमस डेभलपमेन्ट बैंकको शेयर मुल्यमा ९ दशमलव ९५ प्रतिशत, सिन्धु विकास बैंकको ९ दशमलव ९१ प्रतिशतले, मनास्लु विकास बैंकको ९ दशमलव ८६ प्रतिशतले, यती डेभलपमेन्ट बैंकको ९ दशमलव ७१ प्रतिशत र जानकी फाइनान्सको ९ दशमलव १२ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा कञ्चन डेभलपमेन्ट बैंकको प्रमोटर शेयरको ९ दशमलव ४७ प्रतिशतले, नमस्ते वित्तिय संस्थाको ८ दशमलव ७९ प्रतिशतले र एनएलजी इन्स्योरेन्सको ४ दशमलव २८ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411