नेप्से ३.८ अंकले घट्यो, कारोबार १ अर्ब २९ करोड रुपैयाँ

मंगलवार, आषाढ २१, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक ३ दशमलव ८० अंकले घटेर १ हजार ७ सय १३ दशमलव ०३ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने १ दशमलव १७ अंकले घटेर ३ सय ६९ दशमलव ३६ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ८ वटा समुहमा ३ वटा समुहहरु बढेको छ भने ५ वटा समुहहरु घटेको छ । सबैभन्दा बढी बढ्नेमा उत्पादक तथा प्रसोधन समुह २३ दशमलव १२ अंकले, अन्य समुह ५ दशमलव ८७ अंकले र जलविद्युत समुह ५ दशमलव १ अंकले बढेको छ भने बीमा समुह ७५ दशमलव ५१ अंकले, बीमा समुह १६ दशमलव ६४ अंकले, फाइनान्स समुह ६ दशमलव ८५ अंकले, होटल समुह ३ दशमलव ८३ अंकले र बैंकिंग समुह शुन्य दशमलव २२ प्रतिशतले घटेको छ ।

कुल १ सय ३९ वटा कम्पनीहरुको ५ हजार ६ सय ५४ वटा कारोबार भएकोमा १९ लाख ५ हजार ४ सय १ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब २९ करोड ६८ लाख ८१ हजार ९ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम २४ करोड ८३ लाख २५ हजार २ सय ९६ रुपैयाँ घटेको हो ।

कारोबारको आधारमा अत्याधिक बढनेमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरकोे ६ करोड ६१ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैकको ४ करोड ९४ लाख रुपैयाँ, रुलर माइक्रोफाइनान्स डेभलपमेन्टको ४ करोड ८३ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड १८ लाख रुपैयाँ र नबिल बैंकको प्रमोटर शेयरको ४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको मुल्यमा १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बोटस नेपाल र अल्पाइन डेभलपमेन्ट बैकको ९ दशमलव ९८ प्रतिशतले, साझा विकास बैंकको ९ दशमलव ९३ प्रतिशतले, नमस्ते वित्तिय संस्थाको ९ दशमलव ९० प्रतिशतले, सिनर्जी फाइनान्सको ९ दशमलव ८० प्रतिशतले र टुरिजम डेभलपमेन्ट बैंकको ९ दशमलव ६० प्रतिशत मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको ६ दशमलव ८५ प्रतिशतले, संगरमाथा इन्स्योरेन्सको ६ दशमलव ६८ प्रतिशतले र रुलर माइक्रोफाइनान्स डेभलपमेन्टको ५ दशमलव ४५ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411