नेप्सेमा २.३७ अंकको करेक्सन, साढे १ अर्बको कारोवार

सोमबार, आषाढ २०, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक २ दशमलव ३७ अंकले घटेर १ हजार ७ सय १६ दशमलव ८३ को बिन्दुमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५३ अंकले घटेर ३ सय ७० दशमलव ५३ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ७ वटा समुहमा २ वटा समुहहरु बढेको छ भने ५ वटा समुहहरु घटेको छ । सबैभन्दा बढी बढ्नेमा फाइनान्स समुह ३८ दशमलव ९६ अंकले र विकास बैंक समुह २ दशमलव ९६ अंकले बढेको छ भने बीमा समुह ७८ दशमलव ८ अंकले, जलविद्युत समुह २० दशमलव ८१ अंकले, होटल समुह ६ दशमलव ७६ अंकले, बैंकिंग समुह ३ दशमलव ९६ अंकले र अन्य समुह २ दशमलव ३४ अंकले घटेको छ ।

कुल १ सय ४० वटा कम्पनीहरुको ६ हजार ५ सय ९ वटा कारोबार भएकोमा १८ लाख १७ हजार २ सय ७१ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ५४ करोड ५२ लाख ७ हजार २ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम ३० करोड ७२ लाख ४५ हजार ४ सय ३ रुपैयाँ घटेको हो ।

कारोबारको आधारमा अत्याधिक बढनेमा रुलर माइक्रोफाइनान्स डेभलपमेन्टकोे ७ करोड ९६ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैकको ६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स इन्भेष्टमेन्ट टस्टको ६ करोड १ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ५ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज काष्ठमन्डप डेभलपमेन्ट बैंकको मुल्यमा १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै एनआईडीसी क्यापिटल मार्केटको ९ दशमलव ९४ प्रतिशतले, नमस्ते वित्तिय संस्थाको ९ दशमलव ९४ प्रतिशतले, रिलाबल डेभलपमेन्ट बैंकको ९ दशमलव ८२ प्रतिशतले र सनराइज बैंकको प्रमोटर शेयरहरुमा ९ दशमलव ७२ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको ७ दशमलव ५४ प्रतिशतले, नेरुडे लघुवित्त विकास बैंकको ५ दशमलव ९३ प्रतिशतले र डिप्रोक्स डेभलपमेन्ट बैंकको ५ दशमलव ५८ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411