​रिलायबल डेभलपमेन्टको १० प्रतिशत बोनश सेयर पारित, एक बराबर एक हकप्रद दिने

सोमबार, आषाढ २०, २०७३ साल,
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले एक बराबर एक हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको दशौ बार्षिक साधारण सभाले १० प्रतिशत बोनश शेयर वितरण पश्चात हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । साथै बैंकले बैंककोे सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै संञ्चालनमा ल्याउने तयारी थालेको छ ।

लामो समयदेखि बिभिन्न बाणिज्य बैंकसँग मर्जको कुरा चलाएर टुंगोमा पुग्न नसकेपछि आफै पूँजी बढाएर बिकास बैंकमै टिकिरहने सोचले बैंकले बोनस र हकप्रदको अबधारणा ल्याएको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीमा १० प्रतिशत बोनश शेयर वितरण पश्चात शतप्रतिशत हकप्रद जारी गर्नेछ । हाल रिलायबलको चुक्ता पूँजी ७३ करोड छ । बोनश वितरण पश्चात बैंकको चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ भने हकप्रद वितरण पश्चात त्यसको दोब्बर पूँजी पूग्नेछ । गत आर्थिक बर्षमा ९ करोड ९५ लाख खुद नाफा गरेको थियो । प्रति शेयर आम्दानी १२ रुपैयाँ थियो । बैंकको जगेडा कोषमा १९ करोड रहेको छ ।

साधारण सभामा बैंकका सिइओ नारायण बाबु लोहनीले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आव २०७२-७३ मा अझ बढी मुनाफा गर्नुका साथै शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताए ।

काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल १५ वटा शाखाहरुबाट सेवा प्रदान गरिरहेको छ र थप शाखाहरु मार्फत सेवा विस्तार गर्ने योजना लिएको छ । 

बैंकको ३६०० भन्दा बढी एजेन्टहरु रहेको “रिलायबल रेमिट” र १० जिल्ला कार्यक्षेत्र रहेको सहायक संस्था “रिलायबल माइक्रोफाईनान्स” पनि संचालनमा रहेको छ । यस वर्ष पनि बैंकले आफ्नो व्यवसायमा उच्च वृद्धि गर्ने लक्ष्य लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411