​९ कम्पनीको मुल्य १० प्रतिशतले बढ्दा समग्रमा नेप्से ४ अंकले घटयो, कारोबार १ अर्ब ८५ करोड

आईतवार, आषाढ १९, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक ४ दशमलव ०३ अंकले घटेर १ हजार ७ सय १९ दशमलव २० को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने १ दशमलव २० अंकले घटेर ३ सय ७१ दशमलव ०६ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ७ वटा समुहमा ४ वटा समुहहरु बब्ढेको छ भने ३ वटा समुहहरु घटेको छ । सबैभन्दा बढी बढ्नेमा विकास बैंक समुह ६६ दशमलव ८९ अंकले, फाइनान्स समुह २९ दशमलव ७३ अंकले, अन्य समुह ४ दशमलव ६९ अंकले र होटल समुह १ दशमलव ५१ अंकले बढेको छ । त्यस्तै घट्नेमा बमिा समुह २ सय २३ दशमलव ९५ अंकले, बैंकिंग समुह १३ दशमलव ८६ अंकले र जलविद्युत समुह ७ दशमलव ५८ अंकले घटेको छ ।

कुल १ सय ३७ वटा कम्पनीहरुको ६ हजार ४ सय ८२ वटा कारोबार भएकोमा २० लाख ८३ हजार ३ सय कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ८५ करोड २४ लाख ५२ हजार ६ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको १० करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ५८ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्स विकास बैंकको ८ करोड ४१ लाख रुपैयाँ, रुलर माइक्रोफाइनान्स विकासको ८ करोड ३५ लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १० वटा समुहहरुको शेयर १० प्रतिशतले बढेको छन् । ति हुन नेपाल लाइफ इन्स्योरेन्सको प्रमोटर, एनआईडीसी क्यापिटल मार्केटको, नयाँ नेपाल लघुवित्त विकास बैंकको, मिथिला लघुवित्त विकास बैंकको, अरनिको डेभलपमेण्ड बैंकको, फस्ट माइक्रोफाइनान्स विकास बैंकको, महिला सहयात्री माइक्रोफाइनान्स वित्तिय संस्थाको, नेरुडे माइक्रोफाइनान्स विकास बैंकको र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरहरुमा १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा साझा विकास बैंकको ५ दशमलव १२ प्रतिशतले, हामा मर्चेण्ड एण्ड फाइनान्सको ४ दशमलव ३० प्रतिशतले र नेपाल लाइफ इन्स्योरेन्सको ४ दशमलव २४ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411