दिब्येश्वरी हाइड्रोपावरले चार करोड रुपैयाँको सेयर माग गर्दा साढे तीन अर्बको आवेदन

शुक्रबार, आषाढ १७, २०७३ साल,
काठमाडौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन गरेको ४ करोड रुपैयाँको साधारण सेयर साढे ३ अर्ब रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता सय रूपैयाँ अंकित दरका ३ करोड ९६ लाख रूपैयाँ बराबरको साधारण सेयर सोमबारदेखि बिहीबारसम्म निष्काशन गरेको थियो ।

‘सबै कलेक्सन सेन्टरको सूचना आइपुगेको छैन,’ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलका प्रमुख सञ्चालन अधिकृत रमेशकुमार महतले भने ‘साढे ३ अर्ब रूपैयाँ बराबरको माग आवेदन परेको हाम्रो अनुमान छ ।’

आवेदन दिन पाइने अन्तिम दिन अर्थात बिहीबार एकैदनि १ अर्ब ६१ करोड रूपैयाँ बराबरको माग आवेदन परेको महतले बताए । देशभर १ स्थानबाट सेयरका लागि आवेदन दिन सकिने व्यवस्था मिलाएको थियो ।

कम्पनीले पुर्वीपहाडी जिल्ला संखुवासभाको सभा खोलाबाट ४ मेगावाट विद्युत उत्पादन गर्दैछ । कम्पनीको चुक्ता पुँजी १९ करोड र अधिकृत पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ रहेको कम्पनीले चालु आर्थिक वर्षमा प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ रहने अनुमान गरेको छ । २०६५ सालमा स्थापना भएको कम्पनी ०६९ सालदेखि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411