​डिप्रोक्स लघुवित्तले १०० प्रतिशत हकप्रद दिने

शुक्रबार, आषाढ १७, २०७३ साल,
काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले एक बराबर एक १ः१ हकप्रद शेयर दिने भएको छ । बैंकको विहिबार चितवनमा सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पुँजीको एक बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

राष्ट्रियस्तरको यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई यसअघि ५० प्रतिशत बोनश दिएको थियो ।

बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया पुगेको छ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।

त्यस्तै सभाले बैकको हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७० र ३० प्रतिशतलाई ५१ र ४९ प्रतिशतमा परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै सभाले बैंकको अधिकृत पुँजी ३० करोडबाट वृद्धि गरी ६० करोड पुर्याउने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411