नेप्से झिनो अंकले घट्यो, पौने २ अर्ब रुपैयाँको कारोबार

बिहीवार, आषाढ १६, २०७३ साल,
काठमाडौं । बिहिबार नेप्से परिसूचक १ दशमलव ३६ अंकले घटेर १ हजार ७ सय २३ दशमलव २३ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३४ अंकले घटेर ३ सय ७२ दशमलव २६ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक ८ वटा समुहमा ४ वटा समुहहरु घटेको छ भने ४ वटा समुहहरु बढेको छ । सबैभन्दा बढी बढ्नेमा बीमा समुह ६८ दशमलव ६७ अंकले, विकास बैंक समुह ३७ दशमलव ३९ अंकले, फाइनान्स समुह ६ दशमलव ६१ अंकले र अन्य समुह ३ दशमलव ५३ अंकले बढेको छ । त्यस्तै घट्नेमा जलविद्युत समुह २४ दशमलव १९ अंकले, बैंकिंग समुह १३ दशमलव ७३ अंकले, उत्पादक तथा प्रशोधन समुह ९ दशमलव ९७ अंकले र होटल समुह ३ दशमलव ११ अंकले घटेको छ ।

कुल १ सय ४२ वटा कम्पनीहरुको ६ हजार ५ सय १५ वटा कारोबार भएकोमा २३ लाख २७ हजार ४ सय ६४ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम भने १७ करोड २४ लाख ७१ हजार १ सय ९६ रुपैयाँले बढेको हो ।

कारोबारको आधारमा अत्याधिक बढनेमा नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल ग्रामीण विकास बैंकको ९ करोड २२ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको ८ करोड ५ लाख रुपैयाँ, मेगा बैंकको ६ करोड १७ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको र मिथिला लघुवित्त विकास बैंकको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने युनियन फाइनान्सको ९ दशमलव ६६ अंकले र कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ८ दशमलव ६५ अंकले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा सेती फाइनान्सको ५ दशमलव ६० प्रतिशतले, गुडविल फाइनान्सको ४ दशमलव १४ प्रतिशतले र सेञ्चुरी कर्मसियल बैंकको ३ दशमलव ३१ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411