नेप्से स्थिर, कारोबार रकम घट्यो

बुद्धबार, आषाढ १५, २०७३ साल,
काठमाडौं । बुधबार नेप्से परिसूचक शुन्य दशमलव ४० अंकले बढेर १ हजार ७ सय २४ दशमलव ५९ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४५ अंकले घटेर ३ सय ७२ दशमलव ६० को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज उपपरिसुचक समुहमा बैंकिंग समुह बाहेक सबै समुहहरु बढेको छ । जसमा सबैभन्दा बढी बढ्नेमा बीमा समुह ६२ दशमलव ६५ अंकले, होटल समुह २९ दशमलव १६ अंकले, विकास बैंक समुह १६ दशमलव ०१ अंकले, जलविद्युत समुह १५ दशमलव ११ अंकले, फाइनान्स समुह ४ दशमलव ७३ अंकले, उत्पादक तथा प्रशोधन समुह ४ दशमलव ४४ अंकले र अन्य समुह २ दशमलव ३५ अंकले बढेको छ भने बैंकिंग समुह ८ दशमलव ५६ अंकले घटेको छ ।

कुल १ सय ३७ वटा कम्पनीहरुको ६ हजार ४ सय १६ वटा कारोबार भएकोमा ४६ लाख ८२ हजार ६६ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ५८ करोड १९ लाख २९ हजार ४ सय २४ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम २५ करोड ९७ लाख ८० हजार ७ सय ४२ रुपैयाँले घटेको हो ।

कारोबारको आधारमा अत्याधिक बढनेमा नेको इन्स्योरेन्सको रहेको छ जसको ५ करोड ७१ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंकको ५ करोड ५० लाख रुपैयाँ, रुलर माइक्रोफाइनान्स डेभलपमेन्टको ५ करोड ३९ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ४ करोड ९७ लाख रुपैयाँ र नेपाल बङ्लादेश बैंकको ४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज एनआईडीसी क्यापिटल मार्केट र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने नेपाल ग्रामीण बिकास बैंकको ९ दशमलव ९५ प्रतिशतले र प्रोफेशनल दियालो विकास बैंकको ९ दशमलव ७६ अंकले र युनियन फाइनान्सको ९ दशमलव ३२ अंकले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा एक्सेल डेभलपमेन्ट बैकको ४ दशमलव ५७ प्रतिशतले, सुमित माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३ दशमलव ७६ प्रतिशतले र पुर्णिमा विकास बैंकको ३ दशमलव ७३ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411