‘सगुन’ले पाँच करोडको शेयर जारी गर्ने

बुद्धबार, आषाढ १५, २०७३ साल,
काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डिसीमा केन्द्रीय कार्यालय रहेको सामाजिक सञ्जाल सगुन डटकमले नेपाल बाहिर रहेका नेपालीका लागि शेयर आह्वान गरेको छ ।

दुई वर्ष अगाडि सुरु भएको सामाजिक सञ्जाल सगुनले पाँच लाख डलर बराबरको शेयर निष्कासन गरेको हो । सगुनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी शेयर निष्कासनबारे जानकारी गराएको हो ।

अमेरिकी कानून अनुसार योग्य लगानीकर्ताले मात्र यसमा लगानी गर्न पाउनेछन् । न्यूनतम पाँच हजार डलरदेखि अधिकतम १८ हजारसम्म लगानी गर्न पाउने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

विश्वभर रहेका लगानीकर्तालाई ‘इक्विटी क्राउड फन्डिङ’को पहलमा बैंकरोल मार्फत लगानीको अवसर प्रदान गरेको र शेयर खरिदबाट आएको पुँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने र मोवाइल एप्सको शुरुवात गर्ने लक्ष्य रहेको सगुनले बताएको छ ।

युएस जब्ज एक्टले सगुनका लागि पाँच लाख डलरको शेयर खोल्न अनुमति दिएको यसका संस्थापक गोविन्द गिरीले बताए । लगानीकर्ताले पाँच वर्षपछि मुनाफा कमाउने सगुनले दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा सगुनका नेपाल प्रमुख अजय शिवाकोटीले २० लाख डलरबाट शुरु गरिएको सगुनको अहिले डेढ करोड बराबरको ‘भ्यालुएसन’ रहेको बताए ।

सामाजिक सञ्जाल सगुनका प्रयोगकर्ताले समेत पैसा पाउने उसले दाबी गरेको छ । यही वर्षको अन्त्यसम्ममा सगुनले आफ्नो ‘सोसिएल स्मार्ट कार्ड’लाई प्रयोगकर्ताहरूमाझ ल्याउने बताएको छ ।

सन् २००९ बाट शुरु भएको सगुनको दोस्रो संस्करणको प्रधानमन्त्री केपी ओलीले गत नोभेम्बरमा शुरुवात गरेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411