​सेयर बजारका सबै सूचकहरु हरियो, कारोबार रकममा वृद्धि, नेप्से १७ सय २४ अंकमा पुग्यो

मंगलवार, आषाढ १४, २०७३ साल,
काठमाडौं । सेयर बजारका सबै सूचक तथा उपसूचकहरु आज बढेका छन्। नेप्से परिसूचक ११.३५ अंकले बढेको छ। सो अंकको बृद्धिपछि बजारको अंक १७ सय २४ मा कायम भएको छ।
 
कारोबार सुरु भएको आधा घण्टामै बजारको परिसूचक १७ सय ३२ अंकमा पुगे पनि त्यसपछि बजार सम्हालिएको थियो।
संयम भएर लगानी गर्न अघिल्लो दिन नेप्सेले गरेको आग्रहको प्रभाव बजारमा देखिएन।  
 
कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ। यस दिन १ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भयो। १ सय ३६ कम्पनीको ४९ लाख कित्ता सेयर खरिदबिक्री भएको थियो। यसअघि सोमबार १ अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। 
 
बिमा समूहमा यस दिन सबैभन्दा बढी ३७, हाइड्रो समूहमा ३२.९९, होटल समूह १७, उत्पादन १३ र बैंकिङ १२ अंकले बढेका छन्। तिबाहेक विकास बैंक, ब्यापार, फाइनान्स र अन्य समूह पनि झिनो अंकले बढेका छन्। 
 
 यस दिन क वर्गका कम्पनीको सूचक २.५८ अंकले बढेको छ। कारोबारका आधारमा एनएमबी बैंक अग्रस्थानमा देखिएको छ। सो कम्पनीको ८ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भयो।
 
कम्पनीको सेयर मूल्य ८२० रुपैयाँ कायम भएको छ। यसअघि कम्पनीको अन्तिम सेयर मूल्य ७९६ रुपैयाँ थियो। सो बैंकले पुँजी बृद्धिका लागि एफपीओ जारी गर्ने चर्चाले लगानीकर्ताहरु तानिएका हुन्। 
 
त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकको ८–८ करोडभन्दा बढी रकमको सेयर किनबेच भयो। ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, नेसनल लाइफ इन्स्योरेन्स पनि कारोबारमा अगाडि रहे। 
 
एभरेष्ट बैैंकको र राष्ट्रिय बिमा कम्पनीका संस्थापक लगानीकर्ताले प्रतिशतका आधारमा सबैभन्दा धेरै मूल्य १० प्रतिशत कमाए। प्रोफेसनल दियालो विकास बैंक, भार्गव विकास बैंक, नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले ९ प्रतिशत बढी मूल्य कमाए। 
 
युनियन फाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशत सेयर मूल्य गुमाए। कालिका माइक्रोफाइनान्स, कसमस डेभलमपेन्ट बैंकको मूल्य पनि उच्च दरले घट्यो।  
 
वाणिज्य बैंकहरुको मात्रै यस दिन ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो भने बिमा कम्पनीको ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411