बैंकिङ्ग समुहमा उछाल आउँदा सर्वाधिक उच्चाईमा नेप्से, १७२२ अंकमा पुग्यो

सोमबार, आषाढ १३, २०७३ साल,
काठमाडौं । सोमबार नेप्से परिसूचक ३६ दशमलव ६० अंकले बढेर १ हजार ७ सय २१ दशमलव ७७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ८ दशमलव ६० अंकले बढेर ३ सय ७२ दशमलव ५९ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

कुल १ सय ३२ वटा कम्पनीहरुको ६ हजार १ सय ६७ वटा कारोबार भएकोमा ४९ लाख २५ हजार २ सय ७६ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ६३ करोड ९० लाख ८९ हजार ६ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनमा कारोबार रकम ३ करोड ३३ लाख २६ हजार ६ सय ७ रुपैयाँ बढेको हो ।

कारोबारको आधारमा अत्याधिक बढनेमा एभरेष्ट बैंकको रहेको छ जसको ९ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल एसबीआई बैंकको ९ करोड ६४ लाख १४ हजार रुपैयाँ, नेपाल बङ्लादेश बैंकको ७ करोड ४ लाख ८८ हजार रुपैयाँ, नबिल बैंकको ६ करोड ४२ लाख रुपैयाँ र एनएमबी बैंकको ५ करोड ८४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको ९ दशमलव ९९ प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने सेञ्चुरी कर्मसियल बैंक ९ दशमलव ९८ प्रतिशतले, जेबिल्स फाइनान्सको ९ दशमलव ८४ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंक ७ दशमलव ९४ अंकले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा मनास्लु विकास बैंकको प्रमोटर शेयर ५ दशमलव ६० प्रतिशतले, नेपाल इन्स्योरेन्सको ४ दशमलव ८९ प्रतिशतले र एभरेष्ट इन्स्योरेन्सको ४ दशमलव २३ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

आज कारोबार भएका ८ वटा समुहहरुमा २ वटा समुह घटेको छ भने ६ वटा समुह बढेको छ । बढ्नेमा बैंकिंग समुह ६१ दशमलव ०७ अंकले, विकास बैंक समुह २१ दशमलव २७ अंकले, जलविद्युत समुह १५ दशमलव ८ अंकले फाइनान्स समुह १२ दशमलव ६७ अंकले, उत्पादक तथा प्रशोधन समुह ४ दशमलव ३७ अंकले र अन्य समुह १ दशमलव १७ अंकले बढेको छ भने बीमा समुह ९५ दशमलव ५७ अंकले र होटल समुह २६ दशमलव १९ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411