​सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक खरिद गर्ने सम्झौता

आईतवार, आषाढ १२, २०७३ साल,
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तोकिएको चुक्ता पुँजी पु¥याउन क्षेत्रीय रुपमा रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ।
 
खरिद (एक्वीजिसन) गर्ने सम्वन्धमा दुबै पक्षबीच एमओयूमा हस्ताक्षर भएको छ। बैंकले एक्वीजिसनसम्बन्धी कार्य आगामी पुस मसान्तभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ।  
 
सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कुल पुँजी २ अर्ब ८४ करोड रहेको छ। थप ८५ करोडको हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ। त्यसैगरी, बैंकले कुल निक्षेप २६ अर्ब र २२ अर्ब कर्जा परिचालन ३४ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ।
 
यो बैंकले २०६७ फागुन २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको हो। हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटिएम, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। 
 
इन्नोभेटिभ डेभलपमेन्ट बैंकको चालु आवको चैत्र मसान्तसम्म कुल पूँजी  २९ करोड रहेको छ।  कुल २ अर्ब १९ करोड निक्षेप संकलन गर्दै बैंकले १ अर्ब ७५ करोड कर्जा परिचालन गरेको छ।
 
चालु आवको चैतसम्म ५ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। यस बैंकको केन्द्रीय कार्यालय भैरहवामा रही ९ वटा शाखा कार्यलयहरु सञ्चालनमा रहेका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411