नेप्से १८ अंकले बढ्यो, कारोबार १ अर्ब ६० करोड रुपैयाँ

आईतवार, आषाढ १२, २०७३ साल,
काठमाडौं । आईतबार नेप्से परिसूचक १८ दशमलव ८८ अंकले बढेर १ हजार ६ सय ८५ दशमलव १७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४ दशमलव ६० अंकले बढेर ३ सय ६३ दशमलव ९९ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

कुल १ सय ३५ वटा कम्पनीहरुको ७ हजार २ सय ७७ वटा कारोबार भएकोमा ६३ लाख ९३ हजार ५ सय ८२ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ६० करोड ५७ लाख ६३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा लुम्बिनी जनरल इन्स्योरेन्सको रहेको छ जसको ११ करोड २२ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंकको १० करोड १७ लाख ५ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकको ६ करोड ८६ लाख ३३ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको ५ करोड ४५ लाख ६७ हजार रुपैयाँ र एनएमबी बैंकको ४ करोड ९४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज अल्पाइन डेभलपमेन्ट बैंकको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर ९ दशमलव ९९ प्रतिशतले, साझा विकास बैंकोे ९ दशमलव ७६ प्रतिशतले, प्रोजेसिभ फाइनान्सको ९ दशमलव ५५ प्रतिशत, मकालु विकास बैंकको ९ दशमलव ३१ प्रतिशतले र नयाँ नेपाल लघुवित्त विकास बैंकको ९ दशमलव १३ अंकले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा भर्गव विकास बैंकको प्रमोटर शेयर ९ दशमलव ८३ प्रतिशतले, सानिमा माई हाइडोपावरको ६ दशमलव २१ प्रतिशतले र प्रोफेसनल दियालो विकास बैेंंकको ५ दशमलव ७७ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

आज कारोबार भएका ८ वटा समुहहरुमा ४ वटा समुह घटेको छ भने ३ वटा समुह बढेको छ । बढ्नेमा बैंकिंग समुह ३३ दशमलव ३३ अंकले, विकास बैंक समुह ८ दशमलव ८८ अंकले र फाइनान्स समुह ४ दशमलव २६ अंकले बढेको छ भने उत्पादक तथा प्रशोधन समुह ३६ दशमलव ३३ अंकले, बीमा समुह ३० दशमलव २८ अंकले, होटल समुह १० दशमलव २३ अंकले र जलविद्युत समुह ९ दशमलव ३७ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411