आजदेखि ​सानिमा बैंकको ५० प्रतिशत हकप्रद शेयर आवेदन खुला

आईतवार, आषाढ १२, २०७३ साल,
काठमाडौं । सानिमा बैंकको आजदेखि ५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ। लगानीकर्ताले सानिमा बैंकको हकप्रदमा शेयरका लागि आजदेखि साउन १६ गतेसम्म आवेदन दिन सक्ने छन्। 

जेठ २४ गतेसम्म कायम शेयरधनीले आफूसँग भएको शेयर संख्याको ५० प्रतिशत शेयरका लागि आवेदन दिन सक्ने छन्। जेठ २५ गते शेयरधनी दर्ता किताब बन्द भएकाले त्यसपछि शेयर किन्नेले हकप्रद किन्न पाउने छैनन । 

बैंकले राष्ट् बैंकको निर्देशन बमोजिम चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना अनुरुप हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निस्कासन गरेको हो। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुग्ने छ।

सेयर बिक्री प्रबद्र्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। नविल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल तथा सानिमा बैंकको प्रधान तथा शाखा कार्यालयबाट फारम लिन लिन सकिने बताइएको छ ।


हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411