​नेप्से ४४ अंकले बढ्यो, ७ अर्ब माथिको कारोबार

शुक्रबार, आषाढ १०, २०७३ साल,
काठमाडौं । साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा ४४ दशमलव ०२ अंकले बढेर अन्तिम दिन १ हजार ६ सय ६६ दशमलव २९ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि पहिलो दिनको तुलनामा ९ दशमलव ४ अंकले बढेर ३ सय ५९ दशमलव ३९ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार १८ कारोबारबाट ७ अर्ब ३० करोड ८२ लाख २९ हजार रुपैयाँ बराबरका १ करोड १० लाख ९४ हजार ५ सय ७० कित्ता शेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५ दशमलव ७६ प्रतिशतले कम हो ।

गत साता १ सय ४९ कम्पनीहरुको ३४ हजार ६ सय १० कारोबारबाट ९ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैयाँ बराबरका १ करोड ५२ लाख ९३ हजार ९ सय ७० कित्ता शेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकमको आधारमा लुम्बिनी जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ जसको रकम रहेको ४३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी नेशलन लाइफ इन्स्योरेन्सको ३९ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३२ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइडोपावर कम्पनीको २८ करोड ४६ लाख रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीको २३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम अग्रस्थानमा रहेको छ जसको १६ लाख १० हजार कित्ता शेयर खरिद बिक्रि भएको छ  । त्यसैगरी कारोबार संख्याको आधारमा १ हजार २ सय १४ वटा कारोबार हुदै नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर २ लाख ३८ हजार ५० कित्ता, लक्ष्मी लघुवित्त वित्तीय संस्थाकोे बोनस शेयर १ लाख कित्ता, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको बोनस शेयर ५ लाख ७२ हजार कित्ता, प्रिमियर इन्स्योरेन्सको बोनस शेयर ८ लाख ६२ हजार ५ सय ७ कित्ता र सिद्धार्थ डेभलपमेन्ट बैंकको बोनस शेयर ७ करोड ९ लाख ५ सय कित्ता नेप्सेमा सुचीकृत भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411