देव विकास बैंकले ५० प्रतिशत हकप्रद दिने निर्णय

बिहीवार, आषाढ ९, २०७३ साल,
काठमाडौं । देव विकास बैंकले पचास प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले पचास प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बैंकको हाल ८१ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी एक अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड र्पुयाउन निर्देशन दिएको छ । त्यही अनुसार बैंकले हकप्रद निस्कासन गर्ने निर्णय गरेको हो । 

बैंकले तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यसअवधिमा ७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरी ६ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
तेस्रो त्रैमासको विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी वार्षिक ९ रुपैयाँ १३ पैसा, प्रति शेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ८४ पैसा र निष्कृय कर्जा ४.९६ प्रतिशत र जोखिम युक्त सम्पति १३ दशमलव ९७ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411