​नेप्से १९ अंकले बढ्यो, २ अर्बको कारोबार

बिहीवार, आषाढ ९, २०७३ साल,
काठमाडौं । बिहिबार नेप्से परिसूचक १८ दशमलव ७८ अंकले बढेर १ हजार ६ सय ६६ दशमलव २९ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४ दशमलव २९ अंकले बढेर ३ सय ५९ दशमलव ३९ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

कुल १ सय ३५ वटा कम्पनीहरुको ७ हजार ८ सय १० वटा कारोबार भएकोमा ३२ लाख २१ हजार २६ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ९८ करोड ९९ लाख २४ हजार ९ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा नेशनल लाइफ इन्स्योरेन्सको रहेको छ जसको १४ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै सानिमा माई हाइडोपावरको १ करोड १९ लाख ३० हजार रुपैयाँ, शिखर इन्स्योरेन्सको ९ करोड २३ लाख ३६ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ८ करोड ६२ लाख ५३ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टड बैंकको ७ करोड ४८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज राष्ट्रिय बीमा कम्पनीको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने एनएमबी माइक्रोफाइनान्सकोे ९ दशमलव ९९ प्रतिशतले, अरुण भ्याली हाइडोपावर डेभलपमेन्टकोे ९ दशमलव ८५ प्रतिशतले र स्ट्याण्डर्ड चार्टड  बैंकको ९ दशमलव ३८ अंकले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा राप्ती विकास बैंकको ८ दशमलव ६२ प्रतिशतले, सिनर्जी फाइनान्सको ६ दशमलव ४५ प्रतिशतले र कर्णली डेभलपमेन्ट बैेंंकको ३ दशमलव ३९ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

आज कारोबार भएका ८ वटा समुहहरुमा १ वटा समुह घटेको छ भने बाकी सबै समुह बढेको छ । बढ्नेमा विमा समुह ६९ दशमलव ६९ अंकले, जलविद्युत समुह ४० दशमलव ८३ अंकले, उत्पादक तथा प्रशोधन समुह ३४ दशमलव ८६ अंकले, बैंकिंग समुह २३ दशमलव १७ अंकले, विकास बैंक समुह १२ दशमलव ९७ अंकले, होटल समुह ११ दशमलव २३ अंकले र अन्य समुह १ दशमलव १८ अंकले बढेको छ भने फाइनान्स समुह ६ दशमलव ९४ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411