​सानिमा माई हाइड्रोले शत प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने

बुद्धबार, आषाढ ८, २०७३ साल,
काठमाडौं । सानिमा माई हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। कम्पनीको संचालक समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।
 
संचालक समितिले हकप्रद सेयर निस्कासनको प्रस्ताव साधारणसभामा पठाउने निर्णय गरेको छ। साधारणसभाबाट पारित भएपछि १ कित्ता सेयर हुने लगानीकर्ताले अंकित मूल्य १ सयमा १ कित्ता सेयर किन्न पाउने छन्। 
 
चालु आर्थिक वर्षको ९ महिनासम्मको कम्पनीको वित्तीय विवरण सन्तोषजनक देखिँदैन। सो अवधिमा कम्पनी ६ करोड २४ लाख रुपैयाँ नोक्सानमा छ।
 
जवकि गत वर्षको यस अवधिमा कम्पनीले २ करोड नाफा कमाएको थियो। कम्पनीको सेयर नेटवर्थ ९७ रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९२ पैसा ऋणात्मक छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411