​बीमा समूहले उचाल्यो नेप्से, १६४७ विन्दुमा परिसूचक, १ अर्ब ७८ करोड रुपैयाँको सेयर खरिदबिक्रि

बुद्धबार, आषाढ ८, २०७३ साल,
काठमाडौं । बुधबार नेप्से परिसूचक १८ दशमलव ७० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ५१ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । 

त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ३ दशमलव ९४ अंकले बढेर ३ सय ५५ दशमलव १० को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

कुल १ सय ३६ वटा कम्पनीहरुको ६ हजार ६ सय ६३ वटा कारोबार भएकोमा २२ लाख ९४ हजार ७ सय ३६ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ७८ करोड १७ लाख ५४ हजार ३ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा लुम्बिनी जनरल इन्स्योरेन्सको रहेको छ जसको १९ करोड ७७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख ९ हजार रुपैयाँ, नेको इन्स्योरेन्सको ९ करोड ५ लाख १४ हजार रुपैयाँ, सानिमा माई हाइडोपावरको ८ करोड ७२ लाख ९५ हजार रुपैयाँ र एभरेष्ट बैंकको ८ करोड १६ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज सानिमा माई हाइडोपावरको र लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने राष्ट्रिय बीमा कम्पनीको ९ दशमलव ९९ प्रतिशतले, एनएमबी माइक्रोफाइनान्सकोे ९ दशमलव ९७ प्रतिशतले, युनियन फाइनान्सकोे ९ दशमलव ०४ प्रतिशतले र अल्पाइन डेभलपमेन्ट बैंकको ९ दशमलव ०३ अंकले मुल्यमा वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा अरणीको डेभलपमेन्ट बैंकको ५ दशमलव ०७ प्रतिशतले, काबेली विकास बैंकको ४ दशमलव ८६ प्रतिशतले र कञ्चन डेभलपमेन्ट बैेंंकको ३ दशमलव १३ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

आज कारोबार भएका ८ वटा समुहहरुमा १ वटा समुह घटेको छ भने बाकी सबै समुह बढेको छ । बढ्नेमा विमा समुह २ सय ३ दशमलव ९८ अंकले, जलविद्युत समुह ७५ दशमलव ३१ अंकले, होटल समुह ५३ अंकले, उत्पादक तथा प्रशोधन समुह ३५ दशमलव ८ अंकले, विकास बैंक समुह १३ दशमलव २७ अंकले, बैंकिंग समुह १२ दशमलव ४८ अंकले र फाइनान्स समुह ११ दशमलव ५७ अंकले बढेको छ भने अन्य समुह ७ दशमलव ०५ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411