​युनाइटेड मोदी हाइड्रोपावरले २८ लाख कित्ता आईपीओ सेयर जारी गर्दै

मंगलवार, आषाढ ७, २०७३ साल,
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले २८ लाख ७५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ। कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ। 
 
जसमा प्रभावित स्थानीयका लागि ११ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन हुनेछ भने अन्य सर्वसाधारणलाई १७ लाख २५ हजार कित्ता सेयर निस्कासन हुने छ।  
 
सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा एनआईबीएल क्यापिटल रहेको छ। 
 
कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ। 

त्यस्तै तल्लो मोदी खोला २ पनि कम्पनीले निर्माण गर्ने तयारी गरेको छ। जुन साढे १० मेगावाट क्षमताको हो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411