​नेप्सेमा १३ अंकको बृद्धि हुँदा १ अर्ब २२ करोड रुपैयाँको कारोबार

मंगलवार, आषाढ ७, २०७३ साल,
काठमाडौं । दुई दिनमा १७ अंकले घटेको सेयर बजार आज १३ अंकले बढेको छ। १३.७१ अंकले बजार बढेर १६ सय २८ अंकमा कायम भएको छ। यस दिन क वर्गका कम्पनीको सूचक २.७४ अंकले बढेको छ। 
 
यस दिन १ सय ३४ कम्पनीको १८ लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २२ करोड रुपैयाँको कारोबार भयो।  बजारमा बिमा समूहको बृद्धिदर उच्च देखिएको छ। सो समूह १ सय ७३ अंकले बढेको छ।
 
त्यस्तै हाइड्रो समूह ५३ अंकले बढेको छ !  संसदले बैंक तथा वित्तीय संस्थासम्वन्धी विधेयक अर्थसमितिमै पठाएपछि अघिल्ला दुई दिनसम्म घटेको बैंकिङ समूह पनि आज बढेको छ। बैंकिङ ११ तथा अन्य समूह ४ अंकले बढ्यो। होटल १४ र फाइनान्स समूहमा ४ अंकको गिरावट आएको छ। विकास बैंक समूह झिनो अंकमा हरियो रह्यो। 
 
कारोबारका आधारमा पनि यस दिन बिमा कम्पनीहरु अग्रस्थानमा रहे। बिमा समूहको मात्रै ५३ करोड रुपैयाँको कारोबार भयो। बैंकिङ समूहको २७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा हाइड्रो समूहको १७ करोड रुपैयाँको कारोबार भयो। 
 
कम्पनीगत रुपमा हेर्दा नेको इन्स्योरेन्सको सबैभन्दा धेरै ९ करोड ६२ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै नेसनल लाइफ इन्स्योरेन्सको ७ करोड ९९ लाख रुपैयाँको कारोबार भयो। ति कम्पनीको अन्तिम सेयर मूल्य क्रमशः १ हजार ९ सय ५५ र ३ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। 
 
सानिमा माई हाइड्रो पावर र नेसनल हाइड्रोपावर पनि कारोबार रकमका आधारमा अगाडि रहे।  ४ कम्पनीका लगानीकर्ताले पुरा १० प्रतिशतले सेयर मूल्य कमाए। राष्ट्रिय बिमा कम्पनी ९संस्थापक०, प्रोफेसनल दियालो विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।
 
३ कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा नाफा कमाएका छन्। नेको इन्स्योरेन्स, युनियन फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले साढे ९ प्रतिशत बढीले सेयर मूल्य कमाए। 
 
समग्र बजार बढ्दा जेविल्स फाइनान्सका लगानीकर्ताले झण्डै ९ प्रतिशतले सेयर मूल्य गुमाएका छन्। जानाकी फाइनान्स, साझा विकास बैंकका लगानीकर्ता पनि प्रतिशतका आधारमा गुमाउनेमा अगाडि देखिए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411