सिद्धार्थ बैंक र बिजनेस युनिभर्सलको मर्जर सम्पन्न, एकीकृत कारोबार सुरु

मंगलवार, आषाढ ७, २०७३ साल,
काठमाडौं । सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभलपमेन्ट बैंक बीच मर्ज पुरा भएर मंगलबारदेखि संयुक्त कारोबार सुरु गरेका छन्। मर्जर पश्चात बनेको बैंक सिद्धार्थ बैंक लिमिटेडको नामबाट सञ्चालनमा आएको हो । एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट् बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गरे । 

मर्जरपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । ०७४ असारसम्म आठ अर्ब पुर्याउन बैंकले बोनश, हकप्रद तथा अर्को मर्जरको साहरा लिने जानकारी दिइएको छ ।

गत पौष २३ गते मर्जर सम्झौता गरेका यी दुई बैंकले साढे ५ महिनामा मर्ज पुरा गरेर एकिकृत कारोबार शुरु गरेका हुन् । 

नेपाल राष्ट् बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मर्जरपश्चात बैंकहरु सक्षम र सबल बन्दै गएको उल्लेख गर्दे लगानी विभिधिकरणमा जोड दिए । नेपालमा लगानीको अवसरनै अवसर रहेको बताउँदै गभर्नर नेपालले बाह्य लगानी भित्र्याउन र आफ्नै पहलमा ठुला ठुला विकास आयोजना निमार्णका लागि राष्ट् बैंकले पूँजीवृद्धिको नीति लिएको बताए ।

मर्जर पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ, निक्षेप ६२ अर्ब १० करोड , कर्जा ५३ अर्ब ६४ करोड र एकिकृत खुद मुनाफा एक अर्ब १६ करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी सुरेन्द्रर भण्डारीले जानकारी दिए । 

दुई बैंक गाभिएपछि बैंकको शाखा सञ्जाल ६९, एटिएम ८१, ६५ स्थानमा शाखारहित बैंकिगं सेवा तथा कर्मचारी संख्या ६१४ पुगेको बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411