​अब संगीतमा पनि ‘नक्कली’, वरिष्ठ संगीत प्रबन्धक शर्माविरुद्ध मुद्दा

सोमबार, आषाढ ६, २०७३ साल,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका वरिष्ठ संगीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार वरिष्ठ संगीत प्रबन्धक शर्माले सुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल भारतबाट सन् १९८७ मा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने वरिष्ठ संगीत प्रबन्धक शर्माविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको छ । रासस  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411