​कास्की र कामना मर्ज भएर बन्यो कामना विकास बैंक एकीकृत कारोबार आजबाट

सोमबार, आषाढ ६, २०७३ साल,
काठमाडौं । कामना विकास बैंक र कास्की फाइनान्स मर्ज भएर बनेको राष्ट्रियस्तरको कामना विकास बैंकले सोमबारबाट एकीकृत कारोबार थालेको छ । मर्ज भएर बनेको कामना विकास बैंकको एकीकृत कारोबारको सुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गरे । 
 
कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैंकहरुको पुँजी बढाएपछि मेगा प्रोजेक्टमा लगानी समस्या नहुने बताए । अझै पनि ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच नपुगेको भन्दै उनले त्यसतर्फ ध्यान दिन आग्रह गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ट बैंक बन्ने लक्ष्यका साथ एकीकृत कारोबार सुरु गरिएको र तोकिएको अवधिमा पुँजी पु¥याउन सम्भव रहेको बताए । 
 
गत साउन १७ मा दुवै संस्थाले मर्जर सहमति गरेर १८ गते राष्ट्र बैंकमा स्वीकृतिको लागि निवेदन दिएका थिए । सहमति अनुसार मर्जपछि बैैंकको नाम कामना विकास बैंक रहेको हो । अध्यक्ष कामनाबाट राजेन्द्रनिधि कोइराला रहेका छन् भने र सिइओ कास्कीका फाइनान्सबाट तोयाराज अधिकारी र लोगो कास्की फाइनान्सको प्रयोग भएको छ । कामनाका सिइओ उमेशकुमार आचार्य मर्जपछि डेपुटी सिइओ भएका छन् । यसैगरी सञ्चालक समितिमा दुवै संस्थाबाट चार÷चार र विशेषज्ञ एकजना रहेका छन् । 
 
अहिले २१ शाखा रहेकोमा छिटै राजधानी र अन्य सहरमा शाखा सञ्जाल विस्तार गर्न लागिएको अधिकारीले जानकारी दिए । मर्जपछि चुक्तापुँजी ६६ करोड १६ लाख, निक्षेप ६ अर्ब ८३ करोड, कर्जा ५ अर्ब ९३ करोड, शाखा २१, एटिएम ९ र ग्राहक ७४ हजार छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411