​नेप्से ७ अंकले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार

सोमबार, आषाढ ६, २०७३ साल,
काठमाडौं । नेप्से सोमबार पनि ७.१७ अंकले घटेर १ हजार ६ सय १५.१० अंक कायम भएको छ । आइतबार १० अंकले घटेको नेप्से सोमबार पनि निरन्तर ओरालो लागेको छ। 
 
त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अकले घटेर ३ सय ४८।४२अंक कायम भएको छ। सोमबार जलबिद्युत् र वित्त बाहेक अन्य सबै समूहका परिसूचक तल ओर्लिएका छन्। 
 
बिमा समूह सबैभन्दा बढी १ सय २८ अंकले तल ओर्लिएको छ। सेयरबजारमा सोमबार १ सय ३५ कम्पनीका १८ लाख ४५ हजार ८ सय ७२ कित्ता सेयर ५ हजार ७ सय ८५ पटक किनबेच हुँदा १ अर्ब १९ करोड ६८ लाख ३९ हजार १ सय ५४ रुपैयाँको कारोबार भएको छ। त्यस्तै आज भएको कारोबारका आधारमा सिखर इन्सुुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा छन्।
 
राष्ट्रिय बिमा कम्पनी, नेको इन्सुरेन्स र जेबिल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सिन्धु बिकास बैंक, सुर्य लाइफ इन्सुरेन्स र नेपाल इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411