अफगानिस्तानको काबुलमा आत्मघाती बम हमला हुँदा १२ नेपालीको मृत्यु

सोमबार, आषाढ ६, २०७३ साल,
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवारी एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा कम्तिामा पनि १४ जनाको ज्यान गएको छ । 

सोमबार बिहानै एक मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम धमाकामा कम्तिामा पनि १४ जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेहरुमाा १२ जना नेपाली सुरक्षाागार्ड रहेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । 

अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । आक्रमणमा परेको यस मिनिबसमा १३ जना नेपाली सुरक्षागार्ड सवार थिए । 

घटनास्थलमा कयौं एम्बुलेन्स पुगेर घाइतेलाई धमाधम अस्पताल पुर्याइरहेका छन् । 

स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । ती आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बमले उडाएका हुन् ।

अफगान मिडियाले एक सरकारी अधिकारीलाई उधृत गर्दै जनाए अनुसार रमजान शुरू भएपछि काबुलमा यो पहिलोआतंकी हमला हो ।

यसभन्दाअघि १९ अप्रिलमा भएको हमलामा ६४ जना मानिस मारिएका थिए । घटनामा ३४० भन्दा बढी मानिस घाइते भएका थिए । तालिबान त्यो हमलाको जिम्मेवारी लिएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411