​एचपी ग्यास पड्किएर ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै आपूर्तिमन्त्रीसमक्ष ज्ञापनपत्र

आईतवार, आषाढ ५, २०७३ साल,
काठमाडौँ । ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने क्रममा ज्यान गएकाका पीडितका परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन्। 
 
गत जेठ ७ गते एचपी ग्यास पड्किँदा सुरेश ताम्राकार र धुव्र ताम्राकारको ज्यान गएको थियो भने उपचारका क्रममा जेठ २९ मा राजेश ताम्राकारको ज्यान गएको थियो। 
 
मृतकका परिवारले ग्यासको सिलिण्डरको गुणस्तरमा कडाइ गर्नुका साथै आफूहरुलाई क्षतिपूर्ति दिन माग गरेका छन्। ग्यास पड्किँदा हुने जनधनको क्षतिबापत पाउने १५ लाखलाई बढाएर ५० लाख बनाउन मन्त्रीसमक्ष माग गरेका हुन्। 
 
यस्तै सिलिण्डरको धरौटी रकम मागेका बेला तुरुन्त फिर्ता गनुपर्ने तथा दुर्घटना गराउने कम्पनीको अनुमतिपत्र तत्काल खारेज गर्न अपिल गरेका छन्। 
 
ज्ञापनपत्र बुझ्दै आपूर्तिमन्त्री पुनले सङ्घर्ष समिति र पीडितका तर्फबाट बुझाएको ज्ञापनपत्रलाई नेपाल सरकारले गम्भीर रुपमा लिएको बताए। उनले मापदण्डविपरीत ग्यास सञ्चालन गर्ने कम्पनीमाथि कारबाही गरिने स्पष्ट पारे। 
 
मन्त्री पुनले चाँडै मन्त्रालयले ग्यास सिलिण्डरको गुणस्तरसम्बन्धी विज्ञसहितको टोली बनाएर त्यसको छानबिन गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने विश्वास व्यक्त गरे। रासस 
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411