नेप्सेमा करेक्शन, बजार १० अंकले ओर्लियो, कारोबार रकम १ अर्ब ६५ करोड रुपैया

आईतवार, आषाढ ५, २०७३ साल,
काठमाडौ। साताको पहिलो दिनमा नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर १ हजार ६ सय २२ दशमलव २७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २ दशमलव ६४ अंकले बढेर ३ सय ४९ दशमलव ९९ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

कुल १ सय ३७ वटा कम्पनीहरुको ६ हजार ४ सय ६० वटा कारोबार भएकोमा १९ लाख ३१ हजार ९ सय ८० कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ६५ करोड ६५ लाख ६२ हजार ८ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा शिखर इन्स्योरेन्सको प्रमोटर शेयरको रहेको छ जसको १० करोड ८० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै गुँरास इन्स्योरेन्सको ७ करोड ५७ लाख ८ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ६७ लाख ७३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको ५ करोड ५३ लाख ११ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सको ५ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज कञ्चन डेभलपमेन्ट बैंकको, नेको इन्स्योरेन्सको, तारागाँउ रेजेन्सि होटलको र एनआईर्डसी क्यापिटल मार्केटको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने राप्तीभेरी विकास बैंकको ९ दशमलव ७८ प्रतिशतले र जबिल्स फाइनान्सको ९ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै गुमाउनेमा आज सबैभन्दा प्रुडेन्सियल इन्स्योरेन्सको ७ दशमलव २४ प्रतिशतले, लुम्बिनी जनरल इन्स्योरेन्सको ६ दशमलव ०८ प्रतिशतले र अल्पाइन डेभलपमेन्ट बैंकको ५ दशमलव ५२ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।

आज कारोबार भएका ८ वटा समुहहरुमा ४ वटा समुह घटेको छ भने ४ वटा समुह बढेको छ । बढ्नेमा अन्य समुह ९ दशमलव ३९ अंकले, होटल समुह ५ अंकले, उत्पादक तथा प्रशोधन समुह ४ दशमलव ९ अंकले र फाइनान्स समुह २ दशमलव ८५ अंकले बढेको छ भने बीमा समुह १ सय ५५ दशमलव २ अंकले, जलविद्युत समुह १९ दशमलव ८८ अंकले, बैंकिंग समुह १० दशमलव ६६ अंकले र विकास बैंक घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411