अनलाइन मिडियामाथिको अकुंश आइएफजेद्वारा विरोध

शुक्रबार, आषाढ ३, २०७३ साल,
काठमाडौ । पत्रकारहरुको अर्न्तराष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नलिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै गहिरो चासो देखाएको छ।

आइएफजेद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सरकारले अनुमोदन गरेको उक्त निर्देशिका तत्काल फिर्ता गर्न समेत माग गरिएको छ।सरकारद्वारा तिनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना बिभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्राबधान राखेकोप्रति आइएफजेले आपत्ति जनाएको हो।

सरकारले आफूअनुकुल समाचार अनलाइन बन्द गर्नसक्ने भन्ने प्राबधान प्रेस स्वतन्त्रता र अनलाइनको स्वतन्त्रसंग संबन्धि स्थापित मान्यता विपरीत छ’ आइएफजेले भनेको छ। आइएफजेले अनलाइन सरोकारवालाहरुसंग छलफल गर्न समेत सरकारलाई भनेको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411