वीरगन्जबाट नौ नक्कली डाक्टर पक्राउ

शुक्रबार, आषाढ ३, २०७३ साल,
पर्सा । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज वीरगन्जबाट नौ चिकित्सकलाई पक्राउ गरेको छ । 

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडाँैबाट आएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चारर निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिकित्सकलाई छ घन्टासम्म जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सुरक्षा व्यवस्थाका साथ आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

नेसनल मेडिकल कलेजको सघन कक्षमा बिरामीको शल्यक्रिया गरिरहेका बेला प्रवेश गरी चिकित्सकलाई पक्राउ गर्नु प्रहरीको गलत कार्यशैली रहेको आरोप डा निरज सिंहले लगाउनुभयो ।

यसैबीच चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन् । चिकित्सक पक्राउको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय परिसरभित्रै चिकित्सक तथा मेडिकल स्टाफले प्रहरीविरुद्ध नाराबाजी पनि गरे । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411