९ अर्ब ३० करोड रुपैयाँमा १ करोड ५२ लाख कित्ता सेयर कारोबार

शुक्रबार, आषाढ ३, २०७३ साल,
काठमाडौं । यस साता ५ कारोबार दिनमा सेयर बजारमा ९ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ।
 
१ सय ४९ कम्पनीहरुको १ करोड ५२ लाख ९३ हजार ९ सय ७० कित्ता सेयरहरु खरिद बिक्री हुँदा सो रकमको कारोबार भएको हो।
 
कारोबार रकम गत साताको भन्दा ३५.८६ प्रतिशतले बढी हो। गत साता पनि १४९ कम्पनीहरुको सेयर कारोबार भएको थियो।
 
सो कारोबारबाट ६ अर्ब ८६ करोड ३५ हजार रुपैयाँ बराबरका ९२ लाख ४५ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।
 
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३४.९८ अंकले बढेर अन्तिम दिन १६३२.९४ अंकमा पुगेको छ। यो साता बिमा समूहले समग्र बजारलाई डोहोर्याएको छ। बिमा समूहमा ६ सय ६० अंकको बृद्धि भएको छ।
 
बैंकिङ समूह साताभर ०.४३ अंक र अन्य समूह ३.५२ अंकले ओर्लिएको छ। विकास बैंक समूह ८९, होटल समूह २५ र जलविद्युत समूह १ सय ३ अंकले बढेको छ। उत्पादनमूलक समूहको सूचक पनि ५२ अंकले बढेको छ। 
 
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.६८ अंकले बढेर ३५२.६३ अंकमा आईपुगेको छ।
 
यस साता कारोबार रकम र संख्याका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ। सो कम्पनीको ७८ करोड ८२ लाख रुपैयाँको कारोबार भयो। सो बैंकको २ हजार ६ सय ८० पटक सेयर कारोबार भयो।
 
त्यस्तै उच्च कारोबार रकमका आधारमा दोस्रो स्थान बनाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापकतर्फको ४९ करोड रुपैयाँको सेयर कारोबार भयो। युनाइटेड इन्स्योरेन्सको ४३ करोड, एभरेष्ट बैंकको ३८ करोड र रुरल माइक्रोफाइनान्सको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भई टप फाइभभित्र पर्न सफल भए। 
 
यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411