सिद्धार्थ बैंक र बिजनेस डेभलपमेण्ट बैंक मर्ज भई एकिकृत कारोबार असार ७ गते, पुँजि ३ अर्ब नाघ्ने

शुक्रबार, आषाढ ३, २०७३ साल,
काठमाडौं । सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकबीच मर्ज पुरा भएर यही असार ७ गतेदेखि संयुक्त कारोबार सुरु हुने भएको छ । आज एक सूचना प्रकाशन गरी सो कुराको जानकारी दिइएको हो ।

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्ज सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भएकाले सिद्धार्थ बैंकको नाममा संयुक्त कारोबार गर्न लागिएको हो ।

सिद्धार्थको बिशेष साधारणसभाले सिद्धार्थको १०० कित्ता शेयरको ११५।५९७ कित्ता र बिजिनेश युनिभर्सललाई एकसय कित्ता बराबर सिद्धार्थको ६४ कित्ता शेयर दिने निर्णय पारित गरेको भए पनिपनि अन्तिम स्वीकृति पाउँदा सिद्धार्थको १०० कित्ता नै कायम हुने र बिजिनेश युनिभर्सलका लगानीकर्ताले १०० कित्ता बराबर सिद्धार्थको ५५ कित्ता शेयर पाउने गरी स्वाप रेसियो कायम भएको छ ।
 
दुबै बैंक मर्ज भएपछि बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड हुने भएको छ । बिजिनेश युनिभर्सल तर्फको ४६ करोड सिद्धार्थको जगेडा कोषमा गएको जानेछ । उसले तेस्रो त्रैमाससम्म १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

मर्ज प्रक्रियाले अन्तिम रुप पाएसँगै दुबै बैंकका लगानीकर्ताले सिद्धार्थ बैंकको २५ प्रतिशत हकप्रद दिएर चुक्ता पूँजी बढाउने निर्णय गरी सकेको छ । 

मर्ज पछि सिद्धार्थको शाखा संख्या ६८ र एटीएमको संख्या ७५, कर्मचारी संख्या ६ सय ३९ पुगेको छ । निक्षेप ४४ अर्बबाट ५३ अर्ब नाघेको छ भने कर्जा प्रबाह ४४ अर्ब पुग्नेछ ।



हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411